धादिङ ।
धादिङको रुबीभ्याली गाउँपालिकामा केन्द्रिय प्रसारण लाइन छिटो बिस्तार गर्न माग गर्दै स्थानीयहरुले नेपाल विद्युत प्राधिकरण धादिङ बितरण केन्द्रमा ज्ञापनपत्र बुझाएका छन् । बिगत लामो समयदेखि केन्द्रिय प्रसारण लाइन बिस्तारको कार्य थालनी भएपनी अझै बिद्युत सेवा रुबीभ्यालीमा बिस्तार हुन सकेको छैन ।केन्द्रिय बिद्युत लाइन बिस्तार हुन नसक्दा स्थानीयले धेरै सास्ती भोग्नु परेको छ । मिल, फर्निचर संचालनमा समस्या, लघु बिद्युतमा पावर हाइ लो भै रहदा, कम्प्युटर, टिभी, मोबाइल लगायतका मेसिनरी सामानहरु जल्ने र उक्त सामाग्रीहरु चलाउन समस्या हुने गरेको स्थानीय बताउछन् । सरकारी कार्यालयहरु, बैंक, स्कुल, स्वास्था संस्थाहरु लगायत थुप्रै क्षेत्रहरुमा समस्या हुने गरिएको छ ।रुबीभ्याली गाउँपालिका कै सिमानामा पर्ने खनियाबास गाउँपालिका वडा न. १ पेर्चोमा बर्षौ अघि नै केन्द्रिय प्रसारण लाईन बिस्तार भै झलमल छ । तर रुबीभ्यालीका स्थानीय जनता भने अत्यन्तै कम क्षमताको उहीँ लघु बिद्युत सेवा बाट दिनचर्या गर्न बाध्य छन । अझ दिनभरि बत्ति बन्द हुने अनि राति ८ १० घण्टा मात्रै बिद्युत सेवा प्राप्त हुने । त्यस्तै अझ रुबीभ्याली ४ को हिन्दुङ गाउँका स्थानीय त अझै त्यो लघु बिद्युत बाट पनि बन्चित भै अन्धकारमा जिउन बाध्य छन ।
यो समस्या रुबीभ्यालीका स्थानीयले कहिले सम्म भोग्नु पर्ने हो?
बिद्युत प्राधिकरण बिगत लामो समय देखि रुबीभ्यालीमा केन्द्रिय प्रसारण लाइन बिस्तारको निम्ति धेरै मिहिनेतका साथ लागि परेको अबगत नै छ । त्यस्तै धेरै आर्थिक लगानी समेत बिद्युत सेवाको निम्ति गरिसकेको छ । यद्यपि ती सबै मिहिनेत र लगानी बालुवामा पानी मिसाए जस्तै भै रहेको छ । अहिले जुन ढङ्गले कतिपय वडामा केन्द्रिय लाइन बिस्तारको काम भै रहेको छ । त्यस्तै किसिमले नियमित रुपमा गरिरहने हो भने अझै १ दशकमा पनि रुबीभ्यालीको सबै वडामा केन्द्रिय प्रसारण लाइन नपुग्ने निश्चित रहेको छ ।आज देशमा कुलमान घिसिङले काहाली लाग्दो अन्धकारलाई हटायो । देशको थुप्रै दुरदराजमा बिद्युत सेवा पुर्याउन सफल भयो तर रुबीभ्यालीका जनताहरु भने निकै दयनीय अवस्थामा बिद्युत सेवा मार्फत आफ्नो जिबनयापन गर्न बाध्य छन ।
रुबीभ्यालीमा बिद्युत सेवा बिस्तार हुन नसक्नुका कारणहरु ।
१। पहिलो मुख्य कारण, सडक आसपास बाट बिजुलीको लाइन बिस्तार गर्नु ।
रुबीभ्यालीको सबै सडकहरु ५र६ महिना चल्ने र अघिपछि पहिरोले सडक सेवा अबरोध गर्ने गर्दछ । जस्को कारण बर्षौ नै बिद्युतको पोल गाड्ने अनि बर्षौ नै उक्त गाडिएको पोल र बिस्तार भएका तारहरुमा क्षती हुने समस्या बिकाराल बन्दै गएको छ ।
जस्तै उदाहरणको निम्ति खनियाबासको पेर्चो देखि बोराङ सम्मको सडक आसपास गाडिएका पोलहरु र त्यहा बिस्तार भएका तारहरु ।
यस्तै किसिमको समस्या अहिले रुबीभ्याली ५ लापामा लैजाने प्रसारण लाइनमा देखिएको छ ।
सुरुमा जहाँ जहाँ म्एच् भयो त्यही ठाउँमा पोल र तार बिस्तार भयो । म्एच् भएको बाटोमा डोजरले सडक खन्यो अनि गाडिएका धेरै जस्तो पोलहरु भत्काइयो ।
पछी फेरि सडक खनिए कै छेउछाउमा पोल गाडियो, ज्स्लाई बर्खाको भेल पहिरोले पुर्न धेरै जसो पोलहरु ढलेका छन ।
यसर्थ यदि लापा लैजाने बिद्युत लाइनको हालको पुछार तिरको पोल सडक भन्दा बैकल्पिक मार्ग बाट नलगे सम्म सडक स्थाई हुदैन तब सम्म लापामा केन्द्रिय लाईन पुग्न सक्दैन ।
२। ठेकेदार र कामदारहरुले राम्रो सग पोल नगाड्नु ।
३। बर्खाको समय पहिरो जाने तथा जमिन भास्सिने स्थानमा पोल गाड्नु ।
४। बन जंगल आसपासमा राम्रो सग रुखहरुको हांगाबिगा नकाती लाइन बिस्तार गर्नु
५। त्यहाको स्थानीय सग सहकार्य नगरी कामदारहरुले सजिलो को निम्ति आफू खुसी पोल गाड्नु इत्यादि कारणहरु छन ।
ज्ञापनपत्र बुझे सगै कार्यालय प्रमुखले समस्या समाधानको निम्ति आवस्यक कार्य गर्ने र सबै पक्ष सग समन्वय गरि छिट्टै रुबीभ्यालीमा केन्द्रिय प्रसारण लाइन बिस्तार गर्ने बताउनु भयो ।
Source:Gajendra gurung