धादिङ ।
जिल्लाकै पहिलो क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसको २५औं वार्षिक उत्सव मनाइएको छ । २०५७ सालमा स्थापित क्याम्पसले बिहीबार साँस्कृतिक कार्यक्रमको साथमा एक समारोहको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।कार्यक्रममा क्याम्पस प्रमुख नवराज शर्माले क्याम्पसको वर्तमान स्थिती,आर्थिक, भौतिक र शैक्षिक अवस्था लगायत आगामी दिनका योजना र चुनौतीहरुबारे जानकारी गराउनुभएको थियो ।त्यस्तै वार्षिक उत्सवकै अवसरमा क्याम्पसमा स्थापनाकालदेखि नै अध्यापनरत उप प्राध्यापक बद्री प्रसाद कोइरालालाई वर्षको उत्कृष्ट प्राध्यापक र लाइव्रेरियन किशोर श्रेष्ठलाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरिएको छ। वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा प्राध्यापक तर्फ सहायक क्याम्पस प्रमुख देवी प्रसाद अधिकारी र विद्यार्थीतर्फ स्नातकोत्तर तहकी अनिता श्रेष्ठलाई नगद पुरस्कार र प्रशंसापत्र सहित सम्मान गरिएको थियो ।
त्यसैगरी वर्षको अधिक पुस्तकालय प्रयोगकर्ताको रुपमा स्नातक तह तेस्रो वर्षकी भवानी भट्टराईलाइ नगद रु १ हजार र प्रशंसापत्र सहित पुरस्कृत गरिएको थियो ।क्याम्पसले यस वर्षदेखि उत्कृष्ट अभिभावकको रुपमा समेत सम्मान गर्न थालेको छ । आफ्ना बालबच्चाको पढाईको विषयमा क्याम्पस आएर सोधपुछ गर्ने, सल्लाह सुझाव प्रदान गर्ने अभिभावकहरुलाई यस वर्षदेखि सम्मान गर्ने कामको थालनी गरिएको र यस वर्ष स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा अध्यनरत पुजा घिमिरेकी बुवा हरि घिमिरेलाई सम्मान गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।कार्यक्रममा शुभकामना मन्तब्य राख्ने बक्ताहरुले समुदायमा क्याम्पसले पुर्याएको योगदानको चर्चा गर्दै क्याम्पसको विकासका लागि आफ्नो आफ्नो ठाउँबाट लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।समारोहकै अवसर पारी विभिन्न समयमा क्याम्पसका विभिन्न गतिविधिहरुमा सहयोग गर्ने ब्यक्ति तथा सस्थाहरुलाई कदर पत्र प्रदान गरिएको थियो । स्थापना दिवसको पुर्वसन्ध्यामा क्याम्पसले नीलकण्ठ नगरपालिका ८ मा समुदाय केन्द्रित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको थियो । जसमा १ सय २५ जना स्थानीयहरुले विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गराएका थिए । स्थापना दिवसको अवसरमा धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मी र संगिता छत्कुलीलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।
Source:Nepalpath/Arjun shrestha