जि.स.स.धादिङको ८ औं जिल्ला सभा सम्पन्न,पालिकाहरुलाई सम्मान-Divya Darshan TV


  • दिव्यदर्शन
  • बुधबार, मंसिर ५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
जिल्ला समन्वय समिति धादिङको आठौं जिल्ला सभा मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि अधिकारीले जन प्रतिनिधीहरुलाई गल्ती गर्ने छुट नभएको बताउनुभएको छ । उहाँले धादिङ जिल्ला विकासको लागि संघिय सरकार प्रादेशिक सरकार र स्थानिय सरकारले एउटै उद्धेश्यका साथ मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । त्यसैगरि जिल्ला समन्वय समिति धादिङ आठौं जिल्ला सभाको अवसरमा Local Government Institutional Self-Assessment (LISA) मा पहिलो स्थान हासिल गर्न सफल नगरपालिकामा नीलकण्ठ नगरपालिकालाई र गाउँपालिकामा बेनिघाट रोराङ गाउँपालिकालाई सम्मान पत्र र दोसल्लाद्धारा सम्मान गरेको छ ।

साथै सबै १३ वटै स्थानिय तहहरुलाई पनि सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।कार्यक्रममा बागमती प्रदेश सांसद गोविन्द लम्साल, मायादेवी शर्माको विशेष आतिथ्यता तथा सम्पुर्ण गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र विभिन्न पार्टिका प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web