धादिङ, २८ कार्तिक ।
त्रिभुवन राजपथ अन्र्तगत नागढुङगा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा आंशिक रुपमा यातायात बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सुचना जारी गर्दै कार्तिक २९ गते विहिबार देखि मंसिर ५ गते बुधबारसम्म आंशिक रुपमा यातायात बन्द गर्ने जानकारी गराएको हो ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले नागढुङ्गा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा स्लोप कटिङ गर्न लागेकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक २० मिनेट बन्द र २० मिनेट खुल्ला रहने गरी यातायात बन्द गर्न लागेको हो ।
उक्त अवधिमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन बाहेकका सवारी साधन संचालनमा आंशिक रुपमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभएको छ ।