बेनीघाट रोराङमा मोतियाविन्दुको निःशुल्क अप्रेशन सहित आँखा शिविर सञ्चालन हुने


  • दिव्यदर्शन
  • बुधबार, कार्तिक १४ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
बेनीघाट रोराङ गाउँपालिकामा निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सञ्चालन हुने भएको छ ।बेनीघाट रोराङ गाउँपालिका, नेपाल नेत्रहीन संघ, पुर्नस्थापना कार्यक्रम गोरखा, धादिङ र चितवनको संयुक्त आयोजनामा हुन लागेको शल्यक्रिया सहितको आँखा शिविरमा मोतियाविन्दु एवंम आँखा सम्बन्धी समस्या भएका बिरामीहरुले समयमै आँखा जाँच तथा उपचार गर्न गाउँपालिकाले सुचना प्रकाशित गरि अनुरोध गरिएको छ ।सो शिबिर आगामी कार्तिक २५ गते देखि सुरु भई मंसिर ११ गते सम्पन्न हुनेछ । कार्तिक २५ गते आईतबार वडा नम्बर १ को जरङ आधारभूत स्वास्थ्य सेवा केन्द्र सिमटार, कार्तिक २६ गते सोमबार वडा नम्बर २ महादेवस्थान स्वास्थ्य चौकी ताल्ती, कार्तिक २७ गते मंगलबार वडा नम्बर ३ को वडा कार्यालय रिचोकटार, कार्तिक २८ गते बुधबार वडा नम्बर ४ ईराङ स्वास्थ्य इकाई ईराङ, कार्तिक २९ गते बिहिबार वडा नम्बर ७ चरौदी आधारभुत स्वास्थ्य सेवा केन्द्र चरौदी, कार्तिक ३० गते शुक्रबार वडा नम्बर ६ स्यादुल सामुदायिक स्वास्थ्य इकाई स्यादुल लगायतका क्षेत्रमा निःशुल्क शिविर सञ्चालन हुने भएको वेनीघाट रोराङ गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।त्यस्तै मंसिर २ गते आईतबार वडा नम्बर ८ धुषा स्वास्थ्य चौकी बिदाङ, मंसिर ३ गते सोमबार वडा नम्बर १० जयपुरी सामुदायिक स्वास्थ्य इकाई जयपुरी, मंसिर ४ गते मंगलबार वडा नम्बर ९ जोगिमारा स्वास्थ्य चौकी मझिमटार, मंसिर ५ गते बुधबार वडा नम्बर ५ दर्बङ स्वास्थ्य चौकी दर्बुङ फाँट, गण्डकी गाउँपालिका, मंसिर ६ गते बिहिबार वडा नम्बर ७ आधारभुत स्वास्थ्य सेवा केन्द्र, ध्यालचोक गण्डकी गाउँपालिका र मंसिर ९, १० र ११ गते वडा नम्बर ५ बेनीघाट आधारभुत अस्पताल बेनीघाटमा हुने भएको सूचनामा उल्लेख गरिएको छ ।उक्त शिविर बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म सञ्चालन हुनेछ । वेनीघाट रोराङ गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा देशकै नमुना गाउँपालिकाको बिकास गर्दै कार्ययोजना तर्जुमा गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web