धादिङ/असोज १३
रह्ङ ह्रो भू.पू. सैनिक बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड धादिङको १७ औं बार्षिक साधारण सभा तथा छैटौं अधिबेशन धादिङबेशीमा सम्पन्न भएको छ ।
आज आइतबार एक भब्य कार्यक्रमको आयोजनामा बाग्मती प्रदेश सरकारका माननीय साम्सद एबम् प्रमुख सचेतक गोबिन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,उपाध्यक्ष सितामाया गुरुङ,गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामा,नेत्रावती डबजोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाह,नीलकण्ठ नगरपालिकाका सल्लाहकार एबम् यूवा नेता दिपक कोइराला लगायतको बिशिष्ट आथित्यता रहेको थियो ।
कार्यक्रममा अतिथिहरुले आफ्नो शुभकामना मन्तब्य राख्नुहुदै बिभिन्न कालखण्डमा योगदान पुर्याउनुहुने सैनिक परिवार हकहितको निम्ति सहकारीले महत्वपूर्ण भूमिका खेल्न र बहुउद्धेश्यीय सहकारी भएकाले बिबिध क्षेत्रमा लगानी गरी समाजलाई सकारात्मक बाटोतर्फ लम्ब्याउन सुझाब दिनुभएको थियो ।
१७ औं बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष फूल बहादुर गुरुङले प्रगती प्रतिबेदन, सचिब मंगली मम्बा तामाङले प्रस्ताबित कार्यक्रम र सेवाहरुको बिबरण र लेखा सुपरीबेक्षण समितिले आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।संस्थाका अध्यक्ष फूल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ का अध्यक्ष एबम् संस्थाका सल्लाहकार सुरेश वाइबाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।कार्यक्रममा संस्थाद्धारा सञ्चालित पसलबाट सामान किन्ने सेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । साथै छैटौं अधिबेशनबाट डिल बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।