
धादिङ, ११ असोज ।
गजुरी गाउँपालिकाले पालिका भित्र संचालनमा रहेका विभिन्न व्यवसायहरुले विक्रि वितरण गर्ने वस्तु तथा सेवाको मुल्यसुची राख्न अनुरोध गरेको छ ।
गाउँपालिकाले एक सुचना जारी गरी विभिन्न व्यवसायहरु होटल, लज, रेष्टुरेन्ट, हार्डवयर, फेन्सी पसल, चिया खाजा पसल, स्टेशनरी तथा खेलकुद पसल, मर्मत सम्भार केन्द्र, तालिम तथा सिप प्रशिक्षण केन्द्र, परामर्श सेवा लगायतका व्यापार व्यवसायजन्य फर्मले विक्रि वितरण गर्ने वस्तु तथा सेवाको मुल्यसुचि राख्न अनुरोध गरेको हो ।
व्यापार व्यवसायजन्य फर्मले विक्रि वितरण गर्ने वस्तु तथा सेवाको मुल्यसुची नराखेको भनि विभिन्न माध्यमबाट गुनासोहरु आएकाले व्यवसाय संचालकहरुले अनिवार्य रुपमा सबैले स्पष्टसँग देखिने गरी मुल्यसुची राख्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।

नियमअनुसार मूल्यसुची नराखेको पाइएमा कानुन बमोजिम कारबाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिनुभएको छ ।