६० औँ अन्तराष्ट्रिय बाल दिवसको अवसरमा नीलकण्ठ ८ मा वडास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता-DDTV


  • दिव्यदर्शन
  • शनिबार, भाद्र २९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
६० औँ अन्तराष्ट्रिय बाल दिवसको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोट आरोहण शिक्षालयमा वडा स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता भएको छ । अनन्त आशा नेपालको सहयोग र वडा शिक्षा समितिको निर्णय बमोजिम वडा स्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो । चित्रकला प्रतियोगितामा वडा भित्र रहेका ५ विद्यालयका २५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।आधारभुत १—३, आधारभुत ४—५, आधारभुत ६—८ र माध्यामिक ९—१० गरी चार समुहमा विभाजन गरिएको प्रतियोगितामा हाम्रो वरपरको वातावरण र बालमैत्री विद्यालय शिर्षकमा चित्रकलाको प्रस्तुती राखिएको थियो ।प्रतियोगितामा आधारभुत १—३ समुह तर्फ स्वावलम्बि बहिरा आ.वि.का मनिष तामाङ प्रथम, रामकोट माध्यामिक विद्यालयका युनिक राना मगर दोश्रो र सोहि विद्यालयका दिनिसा श्रेष्ठ तेश्रो हुन सफल भएका छन् ।यसैगरी आधारभुत ४—५ समुहतर्फ रामकोट मा.वि.का रामकुमार कुमाल प्रथम, गायत्रीदेवी आ.वि.का अनिसा परियार दोश्रो र सोही विद्यालयका विपना कुमाल तेश्रो भएका छन् ।आधारभुत ६—८ समुह तर्फ देउराली माध्यामिक विद्यालयका प्रेमकुमारी श्रेष्ठ प्रथम, सोहि विद्यालयका दिपक श्रेष्ठ दोश्रो, रामकोट मा.वि.का सुवास तामाङ दोश्रो र रामकोट मा.विकै सन्ध्या मगर तेश्रो भएका छन् । माध्यामिक ९—१० समुहतर्फ रामकोट मा.वि.का सिमसाङ तामाङ प्रथम, सोहि विद्यालयका अनुसा मगर दोश्रो र देउराली मा.वि.का सन्देश तामाङ तेश्रो भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web