धादिङ
नेपाली काङ्रेस स्थानिय सरकार समन्वय बिभागबाट आयोजित कार्यक्रममा नेपाली काङ्रेस नेतृत्वका देशभरका २१ वटा स्थानिय सरकारहरू सम्मानित भएका छन ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आ.ब २०७९/८० को मन्त्रालयले बनाएको फरक फरक बिधाको मूल्याङकनमा ७५३ वटा स्थानिय सरकारको ३ वटा बिधाहरू संस्थागत क्षमता मूल्याङकन (स्वमूल्याङकन),कम बेरूजु र बितिय शुसासनमा उत्कृष्ट हुनेहरूलाई पार्टीले सम्मान गरेको हो ।जस अनुसार LISA मा देशैभरको २९३ वटा नगरपालिकामध्ये उत्कृष्ट धादिङको निलकण्ठ नगरपालिका प्रथम भएको छ भने गुणस्तर मूल्याङकनमा ज्वालामुखी गाउँपालिका तृतिय र कम बेरूजुमा नेत्रावती डब्जोङ गाउँपालिका प्रथम भएको छ । उक्त स्थानिय तहहरूलाई नेपाली काङग्रेस पार्टी सभापति एबंम पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यता र महामन्त्री गगन कुमार थापाको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।