राष्ट्रिय युबा संघ नेपाल धादिङको अध्यक्षमा सुनिल तामाङ-Divya Darshan TV


  • दिव्यदर्शन
  • बुधबार, भाद्र २६ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ /भदौ २६
राष्ट्रिय युबा संघ नेपाल धादिङको ९ औं जिल्ला अधिबेशनले सुनिल तामाङलाई सर्बसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको छ ।
राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ५५ सदस्यिय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो ।अधिवेशनले उपाध्यक्षमा किरण पाठक, सचिवमा गुनु लामा, सहसचीवमा राजु तामाङ, गणेशलाल श्रेष्ठ, कोषाध्यक्षमा सुमन अधिकारीलाई निर्वाचित गरिएको छ । चर्चित युथफोर्सको प्रमुखमा निशान विसुराललाई चयन गरिएको छ ।अधिवेशन उद्घाटन गर्दै मार्क्सवादी चिन्तन र दृष्ट्रिकोण लिएर युवा अघि बढ्नुपर्ने राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष थेवेले बताउनुुभएको छ ।युवाहरुको यात्रा सहि हुनका लागि बुुझाइ र दृष्ट्रिकोण सही हुनुपर्ने, सामाजिक न्याय प्राप्तिका लागि सँधै युवाहरु लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।राष्ट्रिय युवा संघले अब टोलटोलसम्म खेलकुदका कार्यक्रम लैजाने योजना गर्ने छ । टोलटोलमा युवा उद्यमी बन्ने छन् । टोलटोलमा प्रशिक्षण संचालन गरि युवाहरुलाई मिसन ८४ का लागि युवा परिचालन गर्ने कार्यक्रम ल्याउने अध्यक्ष थेवेले बताउनुभयो । राष्ट्रिय युवा संघले एक वर्षमा १० हजार युवा उद्यमी बनाउने योजनासहित काम गरिरहेको बताउँदै थेवेले विषयगत आधारमा युवा विज्ञ परिषद बनाएर विज्ञताको आधारमा काम गर्ने र सरकारलाई समेत काम गर्न वातावरण बनाउने बताउनुभयो ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज खेम लोहनीले युवाहरु समयानुकुल परिवर्तन भएर एकतावद्ध रुपमा मिसन ८४ पुरा गर्न अघि बढ्नुपर्ने बताउनुभयो ।नेकपा उमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले एमाले हार्ने पार्टी अब स्वीकार्य नभएको बताउँदै युवाले ध्वंसमात्र नर्भइ निर्माण लाग्नुपर्ने बताउनुभयो ।राष्ट्रिय युवा संघ धादिङका अध्यक्ष सुनिल तामाङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा राष्ट्रिय युवा संघका उपाध्यक्ष अमित लामा, महाराज गुरुङ, महासचिव सुमन पुरी, नेकपा एमाले धादिङका उपाध्यक्ष अर्जुन गोर्खाली, सचिव राधिका सापकोटा युवा संघ धादिङका पूर्व अध्यक्ष दिपक खतिवडा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web