नेपाली काँग्रेस धादिङद्धारा बहिरा विद्यार्थीहरुका लागि खाद्यान्न र झोला वितरण


  • दिव्यदर्शन
  • सोमबार, भाद्र २४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
नेपाली काँग्रेस धादिङले नगरपालिका वडा नम्बर ८ मा रहेको स्वाबलम्बन बहिरा आधारभुत विद्यालयमा रहेका विद्यार्थीहरुका लागि खाद्यान्न र झोला वितरण गरेको छ ।१११ औँ विपि जयन्तीको अबसरमा नेपाली काँग्रेसले १० बोरा चामल, २ कार्टुन खाने तेल लगायत खाद्य सामाग्री, ४३ जना विद्यार्थी लागि झोला उपलब्ध गराएको हो ।नेपाली काँग्रेस धादिङका सभापति तथा कृषि मन्त्री रामनाथ अधिकारीले झोला र खाद्यान्न वितरण गर्दै बहिरा ४३ जना विद्यार्थीको उज्ज्वल भविश्यको शुुभकामना व्यक्त गर्नुभयो ।पार्टी कार्यालयमा प्रवचन कार्यक्रम गर्ने नेपाली काँग्रेसले यस वर्ष भने बहिरा बालबालिकाका लागि सहयोग गरेर फरक किसिमको कार्यक्रम गरेको हो ।सामाग्री वितरण कार्यक्रममा बागमति प्रदेश साम्सद गोबिन्द लम्साल, गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा,ङ, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती र ज्वालामूखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले स्वाबलम्बन बहिरा आधारभुत विद्यालयलाई ५०÷५० हजार रकम उपलब्ध गराउने घोषणा गर्नुभयो । ज्वालामूखी गाउँपालिकाले आवश्यक सामाग्री उपलब्ध गराउने भएको छ भने अन्य गाउँपालिकाले नगद उपलब्ध गराउने बिपि जयन्तीको अवसरमा सामुहिक प्रतिवद्धता गर्नुभएको नेपाली काँग्रेसका नेता बिनोद तिमल्सीनाले जानकारी दिनुभयो ।

source:kandarakhabar

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web