बेनीघाट रोराङ गाउँपालिका ४६० गाउँपालिकामध्ये स्व मूल्याङ्कन लिजामा प्रथम


  • दिव्यदर्शन
  • शुक्रबार, भाद्र ७ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ/भदौ ७
धादिङको बेनीघाट रोराङ गाउँपालिका देशका ४६० गाउँपालिकामध्ये प्रथम हुन सफल भएको छ । विभिन्न क्षेत्रमा समृद्ध बन्ने दौरानमा रहेको बेनीघाट रोराङ गाउँपालिका आ.व.२०७९-८० को स्थानीय सरकार संस्थागत क्षमता स्व मूल्याङ्कन लिजामा नेपालभरका ४६० गाउँपालिकाहरू मध्ये पहिलो स्थानमा पर्न सफल भएको हो । दोस्रोमा गुल्मीको रुरूक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका तेस्रो भएका छन् ।बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सभाहलमा आ.व. २०७९-८० को स्थानीय सरकार संस्थागत क्षमता स्व मूल्याङ्कन लिजाको नतिजा सार्वजनिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरि शासकिय सुधारमा अग्रसर गराउनका लागी अभ्यासमा ल्याईएको स्थानिय तहको संस्थागत क्षमता स्वमुल्यांकनको आर्थिक वर्ष २०७९-८० को मुल्यांकनमा ८७.२५ अंक सहित गाउँपालिकाहरु मध्ये प्रथम स्थान हाँसिल गरेकोमा बेनीघाट रोराङ गाउँपालिकालाई सम्मान प्रदान गरिएको हो ।कार्यक्रममा सम्मानपत्र ग्रहण गर्न गाउँपालिकाका अध्यक्ष कृष्णवहादुर थपलिया, प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे तथा बरिष्ठ लेखा अधिकृत सन्तोष अर्याल र ईन्जिनियर प्रकाश सिलवाल उपस्थित थिए ।सम्मानपछि पहिलो उत्कृष्ट बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ९बिबेक०ले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता लगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको बताए । ‘हामी शासक नभएर जनताको सुख दुखको सारथी भएर काम गरिरहेका छौं । जनताप्रति उत्तरदायि भएर काम गरे सफलता मिल्छ भन्ने यो एउटा उदाहरण हो’ उनले भने । थपलियाले यो नतिजा प्राप्त गर्नुमा सिंगो कर्मचारी परिवार र समग्र जनप्रतिनिधिहरूको प्रत्यक्ष रुपमा सहभागिता र कार्यशैलीका कारणले मात्र सम्भव भएको बताउनुभयो ।देशैभरको उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट हुनुले जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवारी बोध गरेको बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताए । स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयन, श्रोत साधनको उच्चतम सदुपयोग, सुशासन, आर्थिक पारदर्शीता, जवाफदेहिता लगायतको क्षेत्रमा भएका कामले गाउँपालिका उत्कृष्ट बनेको बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरेले बताइन् । जनप्रतिनिधि र कर्मचारीको राम्रो टिम र जनताको साथले गाउँपालिकालाई यो सम्मान मिलेको उनको भनाई छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तिन वटा आयामहरुलाई आधार मानी मन्त्रालयले स्थानीय सरकारको क्षमता मूल्यांकनका लागि १० क्षेत्र र १०० सूचक तोकेको थियो ।जसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा क्षेत्र र त्यसमा फरक फरक पूर्णांक तोकिएको थियो ।

source:farakpatra.com

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web