धादिङ, ०५ भदौ ।
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले वडा नम्बर ३ र १२ जोड्ने कजवेको अनुगमन गर्नुभएको छ ।
नगरप्रमुख ढुङ्गानाले अबिरल बर्षाको कारण आएको बाढीले क्षती पु¥याएको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ जोड्ने कजवेको अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा उहाँले स्थानिय सरकारसग समन्वय नगरी प्रदेशले काम गर्दा आवश्यक ठाउँमा पुल निर्माण नगरी अन्यत्र बनाएर अलपत्र हुँदा दुख लागेको बताउनुभयो । उक्त समस्याको दिर्घकालिन समाधानको लागि पहल गरेको उहाँले बताउनु भएको छ ।
तत्कालको लागि नीलकण्ठ नगरपालिकाको डोजर प्रयोग गरेर आवातजावत गर्नको लागि सहज बनाइएको छ । वर्षा नरोकिएकोले नगरबासिहरुलाइ सजगता अपनाउन आग्रह गर्दै बिपद सम्बन्धी समस्या भए तत्काल सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।