धादिङ ः २५ साउन ।
निलकण्ठ माध्यामिक विद्यालय धादिङमा अध्ययनरत तीन जना बालिका २३ गते बुधबार देखि सम्पर्क विहीन भएका छन् ।
कक्षा ९ मा अध्ययनरत बालिकाहरू बुधबार विद्यालय पोषाकमा घरबाट विद्यालय हिडेका र त्यसपछि घर नआएपछि उनीहरुका अभिभावकहरूले खोजी गरेका छन् ।
सम्पर्कविहीन बालिकाहरु मध्ये तीनै जना कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी बिक, सुशिला तामाङ्ग र अस्मिता गुरुङ्ग रहेका छन् ।
२३ गते बिहान बिद्यालय पोषाकमा घरबाट हिंडेका यी छात्राहरू विद्यालय नआइ धादिङबेशी बीचबजारमा सपिङ र ब्युटिपार्लर गएर मेकअप गरी नयाँ गेटअपमा हिंडेको बजारको सिसिटिभि फुटेजमा देखिएको नीलकण्ठ बालमिन्दर माध्यकि विद्यालयका विद्यालयव्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाले जानकारी दिनुभएको छ ।
उनीहरूले नजिकका साथीहरूलाइ दिल्ली भाग्न लागेको बताएकाले कसैले ललाई फकाइ,दुरूत्साहन वा बेचबिखनको आशंका देखिएको उहाँको भनाई छ । बिहिबारसम्म धादिङको घाटबेशी र गल्छीको लोकेशनमा हराईरहेका छात्राहरूले प्रयोग गरेको मोवाइल नम्बर ट्रयाकिङ भएको अध्यक्ष कोइरालाले बताउनुभएको छ ।
तीनै बालिकाहरूलाई खोजी गरिदिन उनीहरुका अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन समेत दिएका छन् । वेपत्ता तीन बालिकाहरुकोहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभएको छ ।