धादिङ ः २३ साउन ।
काभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदै छन् ।
यी दुई टोली बीच दोस्रो पटक खेल हुन लागेको हो । खेल साँझ सवा ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने छ ।
मङ्गलबार भएको खेलमा नेपालले इरानलाई २५–२१, २८–२६ र २५–२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । मङ्गलबार नै भारतले श्रीलंकालाई ३–० सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुने छ ।