सार्वजनिक ठाउँमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न पालिकाको अनुरोध-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, साउन १९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
बेनीघाट रोराङ गाउँपालिकाले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न अनुरोध गरेको छ ।सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १७ बमोजिम कारवाही र सजाय हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेद्धारा जारी सूचनामा भनिएको छ ।सरकारी तथा सार्वजनिक कार्यालयमा धूम्रपान तथा सुर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्ने सुचनमा उल्लेख गरिएको छ । सूचना टाँस नगरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १७ बमोजिम व्यवस्थापक कार्यालय प्रमुखलाई पाँच हजार रुपयाँ सम्म जरिवाना हुने पनि सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाद्धारा जारी सूचना:

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web