नीलकण्ठ नगरपालिकामा कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न सुरु-Divya Darshan TV


  • दिव्यदर्शन
  • बिहिबार, साउन १७ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ/साउन १७
नीलकण्ठ नगरपालिकामा नकुहिने फोहोरबाट विभिन्न सामाग्रीहरु बनाउन २२ जनालाइ तालिम प्रदान गरिएको छ।सुधारोन्मुख फोहोर ब्यबस्थापनमा आधारीत भएर सन्चालित जलबायु उत्थानशिल ब्यबसाय हस्तान्तरण कार्यक्रममा तालिम लिइएकाहरुले नकुहिने फोहोरबाट बनाइएका आकर्षक सामग्रीहरु अतिथिहरुलाई प्रदान गरिएको थियो ।

नीलकण्ठ नगरपालिकामा कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न सुरु भएको छ । कुहिने फोहोरबाट १५ दिनमा चार सय किलो उत्पादन गर्न सक्ने मलकोे नीलकण्ठ कम्पोस्ट मल नामाकरण गरिएको छ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख दिपक बिस्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रबक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ,कार्यपालिका सदस्यहरु, वरिष्ठ जनस्वास्थ्य निरीक्षक बिष्णु प्रसाद रिजाल,नेपाल पत्रकार महासंघका सभापती राजाराम शर्मा लगायत सरोलारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web