नीलकण्ठमा स्ववियुको आयोजनामा खिर खाने कार्यक्रम-Divya Darshan TV


  • दिव्यदर्शन
  • मंगलबार, साउन १५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ साउन १५
नीलकण्ठ बहुमुखी क्यापसमा साउन १५ अर्थात खिर खाने दिनलाई भव्यताका साथ मनाएको छ ।आज मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा एक कार्यक्रम गरी शुभकामना आदानप्रदानका साथै खिर खाएर मनाएको हो । परम्परा र संस्कृतिलाई जोगाउने उद्धेश्यले खिर खाने कार्यक्रमको आयोजना गरिएको नीलकण्ठ बहुमुखी क्यापसका स्वबियु अध्यक्ष कविराज श्रेष्ठले बताउनुभयो । स्ववियुका अध्यक्ष कविराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्ववियुका पूर्व अध्यक्ष तथा नीलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष सरोज पाण्डेको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख नवराज शर्माको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा क्याम्पसका सम्पुर्ण विद्यार्थी तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web