बालमैत्री कक्षा शिक्षणसम्बन्धि बेनीघाटका शिक्षकका लागि क्षमता विकास तालिम-Divya Darshan TV


  • दिव्यदर्शन
  • सोमबार, साउन १४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ । साउन १४
बेनीघाट रोराङ गाउँपालिकाका शिक्षकहरुका लागि बालमैत्री कक्षा शिक्षणसम्बन्धि शिक्षक क्षमता विकास तेस्रो चरणको तालिम धादिङबेशीमा शुरु भएको छ । विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजनाअन्तर्गत बालमैत्री कक्षा शिक्षण शिक्षक तालिम गाउँपालिकाको समन्वय तथा चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित विद्यालयसँग समन्वय र सहकार्यमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना संचालन गर्दै आएको छ ।बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६,८ र १० भित्रका सामुदायिक विद्यालयका बालबालिकाहरुलाई सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री प्रयोग गरी कसरी पढाउन सकिन्छ भन्ने उद्देश्यले कक्षा शिक्षकहरुको भुमिका, उत्तरदायित्व र कक्षामा गर्नुपर्ने क्रियाकलाप लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग गर्न प्रयास नेपाल धादिङले सेफ परियोजना सञ्चालन गरिरहेको प्रयास नेपाल धादिङ निमित्त कार्यकारी निर्देशक केशब सिग्देलले बताउनु भयो।सामुदायिक विद्यालयहरुमा बालबालिकाहरुको शैक्षिक सुधारको लागि बेनीघाट रोराङ गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया बताउनुभएको छ ।शिक्षकहरुको लागि बालमैत्री शिक्षण सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि कार्यशाला उद्घघाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष थपलियाले शिक्षकहरुले बालमैत्री शिक्षण पद्धतिसम्बन्धि क्षमता अभिबृद्धिमार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ। उहाँले यो आर्थिक वर्ष शैक्षिक सुधारको वर्ष रहेकाले सबै शिक्षकले आफ्नो ठाउँमा सहयोग गर्नुपर्ने बताउनु भएको छ ।यस अगाडी दुई चरणका तालिम सम्पन्न गएको थियो । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६,८ र १० भित्रका ३३ जना शिक्षकहरू तालिममा सहभागी रहेका छन् । तालिममा बालमैत्री कक्षा शिक्षण संचालन बिधि , प्रक्रिया,क्रियाकलाप,आवश्यक सामाग्री लगायतका विषयमा प्रशिक्षक उत्तम दाहालले सहजिकरण गरिरहनु भएको छ।

source:nagarikpati

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web