धादिङ अस्पताल र पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानबीच ग्रामीण पोष्टिङ कार्यक्रममा सम्झौता-Divya Darshan TV


  • दिव्यदर्शन
  • सोमबार, साउन १४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ /साउन १४
सदरमुकाम धादिङबेशीमा अवस्थित प्रादेशिक धादिङ अस्पताल र पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानबीच प्रतिष्ठानको ग्रामीण पोष्टिङ कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । धादिङ अस्पतालका सूचना अधिकारी डा.राम रिजालले सहमतिसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरका विशेषज्ञहरु धादिङ आईसक्नुभएको र भोलिदेखि नै सेवामा लाग्नुहुने जानकारी दिनुभयो । उहाँकाअनुसार सम्झौता अवधि ५ बर्षको रहेको छ । त्यस्तै अस्पतालका निमित्त निर्देशक डा.गगन अधिकारीले यो सहमतिसँगै प्रतिष्ठानमा अध्ययनरत Pediatrics, Gynaecology, orthopedics, medicine and surgery का विशेषज्ञहरुले नियमित रुपमा सम्झौताको अवधि सम्म धादिङ अस्पतालको सेवामा रहने बताउनुभएको छ । साथै चिकित्साशास्त्रका स्नातक MBBS तहको अन्तिम वर्षका विद्यार्थीहरु पाँच महिना धादिङ अस्पतालमा रहने छन् ।

सहमति पत्र यस्तो छः

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web