धादिङ/साउन ८
बाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा तामाङ नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलका अनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आज मंगलबार दिउँसो लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । देश संघियतामा गएपश्चातको वाग्मती प्रदेशको नेतृत्व नेपाली कांग्रेस गरेको यो पहिलो पटक हो ।नुवाकोट जिल्लाबाट प्रदेश सदस्यमा निर्वाचित भई बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका लामा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । तामाङसमुदायको बाहुल्य रहेको बाग्मती प्रदेशमा तामाङकै नेतृत्व रहनु पनि महत्वपूर्ण पाटोको रुपमा लिईएको छ ।