एसिया कपमा नेपालले आज दोस्रो खेल खेल्दै


  • दिव्यदर्शन
  • आइतबार, साउन ६ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, ०६ साउन ।

श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले आज दोस्रो खेल खेल्दै छ ।

आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार साँझ सवा ७ मा सुरु हुने छ ।

नेपालको पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी–२० आई मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्न लागेको हो । सन् २०१६ को एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भएको थियो । तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी–२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी–२० मान्यताको मात्र भएको थियो । २०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी–२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तराष्ट्रिय मान्यताका हुदै आएका छन् ।

२०२४ को नवौं संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ । पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो । यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालिन क्रिकेट पनि हुने छ । नेपालले आजको खेल जिते सेमिफाइनल सम्भावनालाई बलियो बनाउने छ ।

आजै हुने अर्को खेलमा यूएईको महिला टोली र भारतीय महिला टोली भिड्ने छन् । समूह एमा रहेका यी चार टोलीमा भारत एक खेल जितेर तालिकाको शीर्ग स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web