नेपाल प्रेस युनियन धादिङले पत्रकार महासंघ कार्यालयमा धर्ना,यस्तो छ माग


  • दिव्यदर्शन
  • मंगलबार, असार १९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले धादिङसहित देशभर रहेका नेपाल पत्रकार महासंघका कार्यालयहरुमा धर्ना दिएको छ ।विभिन्न मागहरू अघि सार्दै सोमबार युनियनले महासंघको प्रदेश समिति र शाखा कार्यालयमा एकैपटक बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिएको हो ।प्रेस युनियन धादिङले पत्रकार महासंघको धादिङ शाखामा धर्ना दिएको थियो । पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर गैर पत्रकार मतदाता नामावली सार्वजनिक गरेपछि आन्दोलन सुरु गरेको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष सन्तोषराज श्रेष्ठले बताउनुभयो ।आफूहरुले उठाएका काम युनियनको मात्र नभई सबै श्रमजीवि पत्रकारको भएको श्रेष्ठको भनाई छ ।प्रेस युनियनले महासंघको विधानविपरीत थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघ शाखा,प्रदेश समितिले विधान विधि प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्नुपर्ने, प्रक्रिया पुगेको क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्नुपर्ने, महासंघ विधान अनुसार संचालन गर्नुपर्ने र निर्वाचन तालिका स्थगित गरी सदस्यता विवाद टुग्याएर मात्र नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुश्चित गर्न माग गर्दै धर्ना दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web