धादिङ
डिभिजन वन कार्यालय धादिङले वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा कार्यरत हरीत स्वयंसेवकहरूलाई विदाई गरेको छ।
आर्थिक वर्ष २०८० ०८१ को वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम अन्तर्गत नियुक्त भइ करीव ५ महिनादेखि कार्यरत हरीत स्वयंसेवकहरूलाई आज एक कार्यक्रमका बिच विदाई गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । गत फागुनदेखि असारसम्म वन डढेलो नियन्त्रण, वन संरक्षण र वन्यजन्तु संरक्षणमा खटिएका स्वयंसेवकहरूलाई जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र वन अधिकृत विष्णु प्रसाद आचार्यले फूलको गुच्छा, प्रमाण पत्र तथा खादा प्रदान गर्नुभएको थियो। हरित स्वयंसेवकहरूलाई विदाइ तथा शुभकामना आदान प्रदान कार्यक्रममा फिल्डमा सहजीकरण गर्ने कार्यालयका चालक तथा सवारहरूलाई समेत सम्मानपत्र प्रदान गरिएको छ ।