घरबाट निस्कने फोहोर वर्गिकरण गरी व्यवस्थापन गर्न, धादिङबेशी सुगमटोलमा आमासमुह सक्रिय


  • दिव्यदर्शन
  • मंगलबार, जेष्ठ २९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङवेसी बजार क्षेत्रको फोहोरलाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्न नीलकण्ठ नगरपालिकाले तयार नेपालको सहयोगमा आम उपभोक्ताहरुलाई सचेतना फैलाउने कार्य गर्दै आएको छ । सुगमटोल क्षेत्र भित्रका ८१ जना सहभागीलाई नीलकण्ठ नगरपालिकाको तर्फबाट रमिला खतिवडा, विमला नेपाली र कल्पना रिजालले सहजीकरण गर्नुभएको थियो । सुगमटोल सुधार समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता संचालन भएको उक्त सचेतना कार्यक्रममा उपस्थित सहभागिहरुले फोहोरलाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्न नगरपालिकाको तर्फबाट भएको प्रयासको प्रसम्सा गर्दै पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु यो । फोहोर उठाउने गाडी भित्री सडकहरुमा धेरै दिन सम्म नजादा बाध्य भई लुकि छिपी कुलो, नाला तथा खोला खोल्सीमा फोहोर फालि प्रदुषण हुने गरेको छ, फोहोर जम्मा पारेर जालाउने काम समेत भएको छ । सचेतना कार्यक्रमलेले सवैको आँखा खोलिदिएको भन्दै यस्तो हर्कत कसैले नगर्ने, यदि कोहि कसैले गरेमा कारबाहि हुने र वर्गिकरण नगरेको फोहोर गाडीले नलाने सहमति भएको भन्दै सिकेका कुरा पूर्ण रुपमा लागू गर्न समितिका अध्यक्ष राजकुमार श्रेष्ठले अनुरोध गर्नु भयो ।सहभागिहरुले सचेतना कार्यक्रममा सिकाईएको जस्तै फोहोरलाई तीन भागमा विभाजन गरि संकलन गर्न पहिलो चरणमा हरेक घरलाई तीनवटा भाडो (डस्टविन) उपलव्ध गराउन सहजकर्ता मार्फत नीलकण्ठ नगरपालिकालाई अनुरोध समेत गरेको छ । फोहोर व्यवस्थापन, महिलाहरुमा हुने रोग तथा समस्याहरु समाधान गर्न पहल गर्ने, सामुहिक रुपमा चार्डपर्वहरु मनाउने र समाजमा महिलाहरुको भुमिका प्रभावकारी रहेको र सकारात्मक सोचको ज्ञान फैलाउने उद्देश्यका साथ २०६८ साल जेष्ठ १ गते गठन भएको सुगमटोल आमा समुहको १७ सदस्यिय कार्यसमिति आजै पुनरगठन समेत भएको छ । सुमिला श्रेष्ठको अध्यक्षतामा गठन भएको समितिमा राममाया बुढाथोकी उपाध्यक्ष, शरिता अधिकारी रिजाल सचिव, कृष्ण ढंगाना अधिकारी कोषाध्यक्ष, गिता अधिकारी सहसचिव सहित १७ जनाको सिंगो कार्यसमिति निर्विरोध निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web