बेनीघाट रोराङ गाउँपालिकामा बेरुजु रकम शुन्य


  • दिव्यदर्शन
  • सोमबार, जेष्ठ १४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा आ.ब.२०७९-८० मा बेरुजु रकम शुन्य देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयको ६१ औं प्रतिवेदन २०८१ अनुसार देशभरीबाट पाँच वटा स्थानीय तहहरुको बेरुजु शुन्य देखिँदा पाँच मध्ये बेनीघाट रोराङ पनि परेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमुल्याङ्कन कार्यविधि अनुरुप ९९.७५ प्रतिशत अंकका साथ ७५३ स्थानीय तह मध्ये द्वितिय स्थान हासिल गरेको धादिङको बेनीघाट रोराङ गाउँपालिका महालेखाको प्रतिवेदन अनुसार २०७९–८० मा शुन्य बेरुजु हुँदा धादिङका स्थानीय तह मध्ये सबैभन्दा धेरै ९.१३ प्रतिशत बेरुजु देखिनेमा धुनीबेसी नगरपालिका रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web