त्रिपुरासुन्दरीमा कृषि कार्यक्रम कार्यान्वयन र आगामी योजनासम्बन्धी कृषकहरुसँग छलफल


  • दिव्यदर्शन
  • शुक्रबार, बैशाख २८ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
त्रिपुरासुन्दरी गाउँपालिकामा कृषि सहकारी संस्था, कृषक समूह, अगुवा कृषक, कृषि फर्म संचालकहरुसँग कार्यक्रम कार्यान्वयन र योजना तर्जुमासम्बन्धी छलफल एवंम् अन्तरक्रिया गरिएको छ ।


कृषि तथा सहकारी शाखाद्धारा आयोजित सो कार्यक्रमको उदेश्य गाउँपालिकाभित्र चालु आ.व.मा सञ्चालित कृषि योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सहज र आगामी योजनाबारे सरोकारवालाबाट सुझाव संकलन गर्ने रहेको थियो । कार्यक्रममा उपस्थित कृषकहरुले कृषि क्षेत्रमा रहेका समस्या र आगामी योजनाहरुबारे आ आफ्नो धारणा राख्नुभएको छ ।अव आउने बर्षहरुमा कृषकहरुको सुझाव तथा अनुभवलाई समेटी आगामी कार्यक्रम तथा योजनालाई थप प्रभावकारी बनाउन उचित नीति तथा कार्यबिधिका लागि गाउँपालिका अग्रसर रहेको कृषि अधिकृत कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष राजु उपे्रतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देबराज धरेल, बिभिन्न वडाका वडाध्यक्षहरु, कर्मचारी लगायत गाउँपालिकाभित्रका करिव १०० जना कृषक समूह, अगुवा कृषक, कृषि फर्म तथा सहकारी संचालकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web