धादिङ
थाक्रे गाउँपालिकामा झोल साबुन बनाउने तालिम दिएको छ।
“आफ्नै उत्पादन, आफ्नै बजार, आफै प्रयोगकर्ता आफै स्वरोजगार” भन्ने नाराका साथ सृष्टि फाउण्डेसन नेपालको आयोजना तथा थाक्रे गाउँपालिकाको सहकार्यमा आयातित सामानहरूको प्रतिस्थापन र स्थानीय बजार प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाको हलमा झोल साबुन हर्पिक, फिनेल र कोलिन बनाउने तालिम सञ्चालन गरिएको फाउण्डेसन नेपालका अध्यक्ष अम्बिका रूपाखेतीले बताउनुभयो। थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले निकै महत्वपूर्ण तालिम रहेकोले उपस्थित सबैलाई राम्रो सित ज्ञान लिन र तालिम तालिममा मात्र सिमित नरही आफूहरूले व्यवहारमा पनि लागु गर्न आग्रह गर्नुभयो। उहाँले व्यावसायिक रुपमा काम गर्नेहरूको लागि पालिकाले पनि सहजीकरण गर्ने र सक्दो सहयोग गर्ने बताउँदै बजारको लागि पनि पहल गर्ने बताउनु भयो। तालिम आजसम्म सञ्चालन हुने तालिमको सहजीकरण अप्सरा पौडेलले गर्नुभएको छ ।
source:toltolkokhabar.com