गृहमन्त्री लामिछानेको नेतृत्वमा काठमाडौँमा ट्राफिक सचेतना र्‍याली


  • दिव्यदर्शन
  • आइतबार, बैशाख २ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं
उपप्रधान तथा गृहमन्त्री एबम् रास्वपाका सभापति रवि लामिछानेको नेतृत्वमा आज आईतबार काठमाडौंमा ट्राफिक सचेतना र्‍याली निकालिएको छ ।सुन्धाराबाट सुरु गरेको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभागृह पुगेको थियो ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक नियमबारे जनचेतना फैल्याउन प्रभातफेरी कार्यक्रम गरिएको हो । र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए । र्‍यालीमा विद्यार्थी, सामाजिक अभियन्ता लगायत प्रहरीहरू कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web