धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ वाकामा चैत २२ गते देखि सुरु भएको १४ औं वाका कप तथा दोस्रो अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता शनिबार समापन भएको छ ।समापन खेलमा चौतारा युवा क्लब प्रथम भई प्रथम पुरस्कार २ लाख र फलाटे युवा क्लबले द्वितिय भई नगद १ लाख प्राप्त गर्न सफल भएको छ ।
चौताराको जितका लागि श्रीकृष्ण तामाङले १ गोल गरेका थिए भने अर्को गोल फलाटे टिमका खेलाडीले आत्मघाती गोल भएका थिए । नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकियस्थल अहिंसावादी ज्याम्पल दोर्जे डुब्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाकाह्रा अहिले संकटमा छ । यसै वाका राहा क्षेत्रको प्रचार प्रसारका लागि स्थानीय छार वाका राहा युवा क्लवले नियमित जिल्लाकै सर्वाधिक राशीको खुल्ला फुटबल प्रतियोगिता गर्दै आएको छ, भने धार्मिक पर्यटकिय स्थल वाका राहा क्षेत्रलाई पवित्र बौद्ध तिर्थ बनाउने अभियानमा स्थानीयहरुले काम गर्दै आएका छन् ।