गणित हाजिरी जवाफ प्रतियोगितामा नीलकण्ठ प्रथम,किवो द्धितिय, चिल्ड्रेनपार्क तृतिय


  • दिव्यदर्शन
  • आइतबार, फाल्गुन २० २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
गणित शिक्षा परिषद धादिङद्धारा आयोजित आधारभुत तह गणित हाजिरी जवाफ प्रतियोगितामा नीलकण्ठ मावी प्रथम, न्यु किबो बोर्डिङ स्कुल द्धितिय र चिल्ड्रेन पार्क बोर्डिङ स्कुल तृतीय भएका छन् ।


प्रतियोगितामा प्रथम हुनेलाई नगद ४ हजार ५ सय, द्धितिय हुनेलाई ३ हजार,तृतिय हुनेलाई १ हजार ५ सय र प्रमाणपत्र, मेडल, शैक्षिक सामाग्री, ट्रफी बितरण गरिएको परिषदका जिल्ला सचिव उत्तम भट्टले जानकारी दिएको छ ।१९ वटा विद्यालयहरुले सहभागीता जनाएको प्रतियोगितामा नीलकण्ठ माविको जितका लागि कृति श्रेष्ठ, दिपशन छत्कुली र इशान थापा १३५ अंक ल्याउँदै प्रथम भएका हुन् ।प्रतियोगितामा न्यू किबो बोर्डिङ स्कुल १३० अंकका साथ द्वतिय र चिल्ड्रेन पार्क आवासशिय मावि ११५ अंकका साथ तृतिय भएका थिए ।


गणित शिक्षा परिषद धादिङका अध्यक्ष तथा न्यु किबो बोर्डिङ स्कुलका प्रीन्सिपल प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख भगवान पौडेल प्रमुख आतिथ्यता र नीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रकाश दत्त भट्ट बिशिष्ट आतिथ्यता रहेको थियो ।प्रतियोगितामा छनौट राउन्ड, अङ्कगणित राउन्ड, क्षेत्रमिति राउन्ड, बिजगणित राउन्ड, ज्यामिती राउन्ड, पेपर फोल्डिङ राउन्ड, भिजुवल राउन्ड, आइक्यु राउन्ड र र्यापिड फाइर राउन्डहरु समावेश गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web