नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट


  • दिव्यदर्शन
  • बिहिबार, फाल्गुन १० २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट भई १३ वटा स्थानिय तहमध्ये जिल्लामा प्रथम भएको छ । देशभरिका पालिका मध्ये छैटौँ स्थान हासिल गरेको नेत्रावती डवजोङ गाउँपालिकाले कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरि जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको हो ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्यांकन अनुसार धादिङमा सिद्धलेक गाउँपालिका दोस्रो र निलकण्ठ नगरपालिका तेस्रो हुन सफल भएको छ । आयोगको प्रतिवेदन अनुसार सिद्धलेक गाउँपालिकाले ४८.६० र नीलकण्ठ नगरपालिकाले ४४.०० अंक प्राप्त गरेका छन् ।आगामी आ.व. २०८१८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको छ ।आयोगले स्थानिय तहले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्याङकन गर्ने गर्दछ ।१० असारभित्र बजेट ल्याए नल्याएको, ३० असार भित्र बजेट पास गरे नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए नदिएको लगायतका आधारमा मूल्याकंन गरिन्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।आयोगले दिएको जानकारी अनुसार धादिङको गंगाजमुना गाउँपालिकाले ३५.९६ नम्बर हासिल गरि जिल्लामा चौथो हुन सफल भएको छ । त्यसैगरि जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाले ३३.०३, त्रिपुरासुन्दरी गाउँपालिकाले ३२.८९, खनियाबास गाउँपालिकाले ३२.३९, ज्वालामुखी गाउँपालिकाले २८.२५ अंक प्राप्त गरेका छन् ।त्यसैगरि थाक्रे गाउँपालिकाले २६.६७, गजुरी गाउँपालिकाले २६.१८, धुनिबेशी नगरपालिकाले २५.८८, गल्छी गाउँपालिकाले २४.७७, रुवीभ्याली गाउँपालिकाले २३.६५ अंक प्राप्त गरेका छन् ।आयोगले यहि फागुन ८ गते नतिजा प्रकाशन गरेको थियो ।

source:dhadingsanchar

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web