
धादिङ
अन्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुन युएई (दुबई)पुगेका धादिङको बालमन्दिर माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत छात्र सन्दिप अधिकारीले कास्य पदक जित्न सफल भएको छ । दुबईमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा धादिङका दुई खेलाडीले विभिन्न पदक जित्न सफल भएका हुन् ।फाल्गुन ४–६ गतेसम्म भएको प्रथम युएई खुल्ला अन्तराष्ट्रिय कराते खेल्न धादिङबाट करण गुरुङ र सन्दिप अधिकारी युएई गएका थिए ।