भैरवी वचत तथा ऋण सहकारी संस्था लि.धादिङको २३ औं स्थापना दिवस यसरी मनाए


  • दिव्यदर्शन
  • आइतबार, फाल्गुन ६ २०८०
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
भैरवी वचत तथा ऋण सहकारी संस्था लि.नीलकण्ठ न.पा.३ धादिङको आज आइतबार २३औं स्थापना दिवस मनाएको छ । साकोस स्थापनाको लागि वोलाईएको पहिलो भेला भएको दिनलाई स्थापना दिवसको रुपमा मनाएको हो । धादिङवेसी आसपासका मानिसहरुको आर्थिक तथा सामाजिक विकासमा सघाउन वित्तिय कारोबार गर्ने संस्था स्थापना गर्ने लक्ष्य अनुरुप गठन भएको साकोसको हाल ३ करोड ७ लाख १० हजार चार सय रुपियाँ शेयर पूँजी संकलन गर्न सफल भएको महासचिव राजकुमार श्रेष्ठको भनाई छ । संस्थाको जगेडा कोषमा १ करोड ६३ लाख ५१ हजार ५ सय २३ रुपियाँ, अन्य कोषमा २ करोड २७ लाख ६९ हजार ८ सय २५ रहेको छ । ‘विगतमा मुनाफाबाट ०।५ प्रतिशत ५१ हजार ५ सय एक रुपियाँ भैरवी मन्दिर निर्माणका लागि हस्तान्तरण गरियो । बिचबजार चौतारा निर्माणका लागि ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छौं , रक्तदान कार्यक्रम, जिल्ला अस्पतालमा उपचारत बिरामीहरुलाई फलफुल वितरण लगायतका सामाजिक कार्य संस्थाले गर्दै आएको छ, महासचिव श्रेष्ठले भने ।

यस सहकारी धादिङ जिल्ला सदरमुकाम आसपासका व्यक्तिहरुको आर्थिक तथा सामाजिक विकास गराई आत्मनिर्भर बनाउने अभिप्रायले २०५७ साल फागुन ६ गते १५५ जना शेयर सदस्य सहित एक तर्दथ समिति गठन गरी सहकारी ऐन २०४८ अनुसार २०५७ साल चैत्र १४ गते सहकारी कार्यालय चितवनमा दर्ता गरिएको संस्थापक अध्यक्ष इश्वरकुमार श्रेष्ठले बताए ।

शेयर सदस्यलाई स्वास्थ्य उपचार कोषको व्यवस्था, पारिवारिक राहत, सदस्य शिक्षा तथा अवलोकन भ्रमण, बिदाको दिनहरुमा काउन्टर सेवा लगायतका सेवा विस्तार गरिएको संस्थाका अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए । ‘संस्थामा २५२६ शेयर सदस्य रहेका छन् । नीलकण्ठ नगरपालिकाको १४ वटै वडा र सिद्धलेक गाउँपालिकाको १ र २ नम्वर वडामा सेवा प्रवाह भइ रहेको छ । शेयर सदस्यको माग र आवश्यतालाई मध्यनजर गरी विहान साढे ९ वजेदेखि सेवा शुरु गर्ने तथा विदाको दिन पनि सेवा दिदै आएका छौं । सेयर सदस्यको स्वास्थ्य उपचार तथा सदस्यको मृत्यु भएको खण्डमा मृतकका परिवारलाई सहयोग प्रदान गर्न छुट्टा छुट्टै कोषको व्यवस्था समेत गरेका छौं । नेपाल सरकार आन्तरिक राजश्व कर कार्यालय गल्छिले धादिङ जिल्ला भित्रका वैंक तथा वित्तिय संस्था मध्ये बढि कर बुझाउने संस्थाको रुपमा परस्कृत गरेको छ भने जिल्ला बचत संघले असल वचत गर्ने संस्थाको रुपमा सम्मान तथा पुरस्कार समेत प्रदान गरेको संस्थाका अध्यक्ष श्रेष्ठले वताउनु भयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web