बेनीघाट रोराङद्वारा प्राविधिक धार उच्चशिक्षामा अध्ययनरत ३१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण


  • दिव्यदर्शन
  • मंगलबार, माघ ९ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले प्राविधिक धारमा उच्चशिक्षामा अध्ययनरत ३१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

बिभिन्न बिषयगत रुपमा क्रमशः एमबिबिएस पढ्नेलाई ५० हजार, ईन्जिनियर पढ्नेलाई ३० हजार र अन्य प्राबिधिक क्षेत्रमा अध्ययरतलाई २० हजार गरी जम्मा ६ लाख ९० हजार छात्रवृत्ति बितरण गरिएको शिक्षा अधिकृत बोधराज पाठकले जानकारी दिनुभयो । ३१ जना बिद्यार्थीमध्ये २० हजार पाउनेमा २८ जना, ३० हजार पाउनेमा १ जना र ५० हजार छात्रवृत्ति पाउनेमा २ जना रहेका छन् ।

बेनीघाट रोराङ स्थायी घरभई आर्थिक रुपमा विपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि पहिलो चरणमा ३१ जनालाई प्राबिधिक शिक्षा छात्रवृत्ति प्रदान गरिएको पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web