सिद्धलेक गाउँपालिकाद्वारा जाजरकोट भुकम्प पिडितलाई राहत सहयोग


  • दिव्यदर्शन
  • आइतबार, माघ ७ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ

धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको नेतृत्वमा गएको टोलीले जाजरकोटका भुकम्प पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।गत कात्तिक ७ गते शुक्रवार जाजरकोट केन्द्र विन्दु भई गएको भूकम्पका कारण प्रभावित भएकाहरुलाई राहत सामाग्री वितरण गरीएको गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले जानकारी दिनुभयो । भुकम्पको कारण विद्यालय भत्कीएपछि खुल्ला आकाशमुनी कक्षा चलाईरहेको नलगाड नगरपालिका दल्ली ,जाजरकोटको श्री त्रिभुवन माध्यमिक विद्यालयलाई पाल सायर टेण्ट, तकिया, पिफर्म,सिंगल पोलार वेडसिट, ब्लाङ्केट लगायतका सामग्री विद्यालयलाई वितरण गरीएको खतिवडाले जानकारी दिनुभयो ।गाउँपालिकाका अध्यक्ष अतिवडाको टोलीमा वडा नम्बर ३ का वडा अध्यक्ष देब बहादुर पुलामी, लेखा अधिकृत नवराज उपाध्याय दाहाल, वडा नं ५ का वडा अध्यक्ष वुधे घले सहितले विद्यालयलाइ टेण्ट र गाउँपालिका मार्फत प्रभावितलाई अन्य सामाग्री सहयोग गरीएको हो ।राहत सामाग्री बुझ्दै विद्यालयका प्रधानाध्यापकले विपत्तीमा गरेको यो सहयोग सँधै सम्झीरहने बताउँदै सिद्धलेक गाउँपालीकाका अध्यक्ष सहित गाउँपालिका परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web