नगर क्षेत्र सरसफाईमा नीलकण्ठको अग्रसरता


  • दिव्यदर्शन
  • आइतबार, माघ ७ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
नीलकण्ठ नगरपालिकाले नगर वरपर रहेको खोला सरससफाई गर्ने अभियान प्रत्येक हप्ताको शनिवार सञ्चालन गर्दै आएका छन् । नगरपालिकाले नगर वरपर रहेको थोपल खोला,अरुण खोला र आँसि खोला सरसफाई गर्दै आईरहेको छ । नीलकण्ठ नगरपालिकामा रहेका नदि किनार तथा सार्वजनिक स्थल सफा राख्नको लागि साप्ताहीक रुपमा सरसफाइ गरिदै आएको हो ।नीलकण्ठ नगरपालिकाको आयोजनामा सत्य वचन परम् इश्वरीय मार्गदर्शन सामाजिक संस्था जिल्ला शाखा धादिङ, नगर प्रहरी, नेपाल प्रहरी, टोल सुधार समिति लगायतको सहभागितामा यहि शनिवार पनि गणेश मार्ग थोपल खोलामा सरसफाई गरिएको थियो । नगरपालिकाका नगरी प्रहरी प्रमुख तेज बहादुर लामिछानेको नेतृत्वमा नीलकण्ठ नगरपालिकालाई फोहोर मुक्त नगर बनाउने उदेश्यका साथ सार्वजनिक विदा र शनिबारका दिन अभियानकै रुपमा सरसफाई कार्यक्रम संचालन गरिएको लामिछाने बताउनुभयो ।घरबाट निस्केको फोहोरहरु खोलानालामा नफाल्न र फोहोर बोक्ने सवारी साधन नआईकन घरबाहिर फोहोर नराख्नसमेत नगर प्रहरी प्रमुख तेज बहादुर लामिछाने बजारबासीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web