विपन्न नागरिक उपचार निर्देशिका जारी,उपचारका लागि १ सय २० अस्पताल तोकियो(सुचीसहित)


  • दिव्यदर्शन
  • बिहिबार, मंसिर १४ २०८०
  • पढ्न लाग्ने समय 3 मिनेट

काठमाण्डौ
नेपाल सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकेको हो । तोकिएका अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् ।निर्देशिकाअनुसार गरिब, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख छ । कोशीका १५, मधेसका नौ, बाग्मतीका ६०, गण्डकीका १५, लुम्बिनीका १६, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन अस्पताल तोकिएका छन् ।

Generated on November 26, 2023, 7:38 am
Generated on November 26, 2023, 7:38 am
Generated on November 26, 2023, 7:38 am
Generated on November 26, 2023, 7:38 am
Generated on November 26, 2023, 7:38 am
Generated on November 26, 2023, 7:38 am
Generated on November 26, 2023, 7:38 am
Generated on November 26, 2023, 7:38 am
Generated on November 26, 2023, 7:38 am

निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि सहुलियत दिइने उल्लेख छ । मुटु प्रत्यारोपणका लागि चार लाख र औषधिका लागि एक लाख, मुटुसम्बन्धी अन्य रोगका लागि एक लाख दिने उल्लेख छ ।यस्तै, कुनै पनि क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियालगायतका रोगका लागि उपचार खर्च एक लाख उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले तोकिएको सहुलियत सीमाभित्र रहेर ती कडा खालका बिरामीलाई औषधि, औषधिजन्य सामग्री, प्रयोगशाला सेवा, शल्यक्रिया, शय्या उपलब्ध गराइने उहाँले बताउनुभयो ।सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको कूल बजेटको शून्य दशमलव पाँच प्रतिशत रकम छुट्याएको छ ।विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्थापनका लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र स्थापना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।निर्देशिकामा कुनै एक रोगको औषधोपचार सहुलियत प्राप्त गरिसकेको व्यक्तिले त्यही रोगका लागि औषधोपचार सहुलियत सुविधा लिन नपाउने भएका छन् । यस्तै, कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचारका लागि सहुलियत प्राप्त गर्न सक्नेछन् ।

source:ujyaloonline

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web