थाक्रे गाउँपालिकाको सबै सेवा अब एउटै छानामुनीबाट


  • दिव्यदर्शन
  • सोमबार, मंसिर ४ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङको थाक्रे गाउँपालिकाको प्रशासनिक कार्यालयको सम्पुर्ण सेवा आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट शुरु भएको छ ।


स्थानीय तह भएदेखि भाडाको घरबाट सञ्चालन हुँदै आइरहेको गाउँपालिकाको प्रशासनिक कार्यालय आइतबार पुजा लगाएर औपचारिक रुपमा नवनिर्मित भवनबाट शुभारम्भ गरिएको हो । आफ्नै प्रशासनिक भवन नहुँदा २÷३ वटा घर भाडामा लिएर पालिकाको विभिन्न सेवाहरू अलग अगल ठाउँबाट प्रवाह हुँदै आएकोमा अव गाउँपालिकाबाट पाउने सबै सेवा सुविधा एउटै छानामुनीबाट सजिलो छिटो र सहज तरिकाले नागरिकहरूले सेवा प्राप्त गर्न सहज हुने पालिकाका अध्यक्ष रामकुमार आचार्यले बताउनु भएको छ । साथै पालिकामा सेवा लिन आउने सेवाग्राहीहरूलाई टोकन सिस्टमबाट सेवा दिदा अझै सहज हुने भएकोले अब देखि टोकन सिस्टम बाट नै सेवा दिने प्रमुख प्रसासकीय अधिकृत मान बहादुर बरालको भनाइ छ । ६ रोपनी क्षेत्रफलमा तिन तले सुविधा सम्पन्न भवन करिब ५ करोड ६३ लाखको लागतमा २०७७ जेठमा सुरु भएको निर्माण कार्य २०८० असारमा सम्पन्न भएको पालिकाका प्राविधिक पवन सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web