धादिङ
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाको १९ औँ वार्षिक उत्सवको अवसरमा धादिङमा रक्तदान कार्यक्रम भएको छ ।
उक्त रक्तदान कार्यक्रममा १८ जना महिला र ४८ पुरुष गरि ६६ जनाले रक्तदान गरेको रेडक्रस स्वास्थ्यकर्मी फुर्साङ तामाङले जानकारी दिनुभयो । रगतको अभावलाई मध्यनजर गर्दै बिरामीको उपचारमा थप सहयोग पुगोस भन्ने उद्देश्यले संस्थाको १९ औँ वार्षिक उत्सवको अवसरमा सो कार्यक्रम आयोजना गरिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बागमती प्रदेश उपप्रमुख सीताराम अर्यालको भनाई छ ।