भूकम्प अपडेटंः जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु


  • दिव्यदर्शन
  • शनिबार, कार्तिक १८ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको हो । यस्तै भने ५५ जना घाइते भएका छन् ।
यसैगरी, रुकुम पश्चिममा ३६ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।यस्तै घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web