त्रिपुरासुन्दरी गाउँपालिकामा चाडपर्व लक्षित बजार अनुगमन


  • दिव्यदर्शन
  • शुक्रबार, असोज २६ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
चाडपर्वलाई लक्षित गरी हुनसक्ने ठगी तथा कालोबजारीलाई नियन्त्रण गर्न त्रिपुरासुन्दरी गाउँपालिकाले बजार अनुगमन कार्य सुरु गरेको छ ।


वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य,गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापलाई उपभोक्ता मैत्री बनाउन बजार अनुगमन कार्य सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले जानकारी दिनुभभयो । अनुगमन टोलीले निरीक्षण गर्दा केहि बिक्रेता वा सेवा प्रदायकले कानून तथा मापदण्ड विपरितका व्यापारिक क्रियाकलाप गरिएको पाइएकाले सो वस्तुहरुलाई जफत गरी नष्ट समेत गरिएको छ । त्यस्तै अनुगमन टोलीले बजार अनुगमन गर्दा तत्काल केहि सुधार गर्नुपर्ने सम्बन्धित व्यवसायीलाई अवधि तोकी स्थलगत लिखित निर्देशन दिई सुधार गर्न लगाइएको छ । त्यस्तै बजार अनुगमनलाई उपभोक्ताको हितलाई मध्यनजर गर्दै आगामी दिनमा समेत निरन्तरता दिईने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web