धादिङमा किसानलाई ब्रोईलरसम्बन्धि तालिम


  • दिव्यदर्शन
  • आइतबार, असोज २१ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
धादिङमा व्यावसायिक ब्रोइलरहरूको लागि आवास र ब्रुडिङ व्यवस्थापनसम्बन्धि एक दिने प्रशिक्षण तालिम दिइएको छ ।
अशोक ईन्टरप्राईजेज धादिङबेशी सिरानबजारको आयोजनामा धादिङबेशीमा व्यावसायिक ब्रोइलरहरूको ईन्टरप्राईजेजसँग आवद्ध रहेका ५४ जना व्यवसायिहरुलाई तालिम प्रदान गरिएको हो ।
धादिङबेशी सिरानबजारमा अवस्थित दान र चल्लाको सप्लायर्सको काम गर्दै आएका अशोक ईन्टरप्राईजेजले हरेक बर्ष आफ्ना किसानहरुलाई जाडो याम र गर्मी याममा सुरक्षित तरिकाले कसरी ब्रोईलर कुुखुरा पाल्ने भन्ने बिषयमा तालिम नियमित रुपमा दिदै आईरहेको छ ।हरेक बर्षजस्तै यो बर्ष पनि तालिममा भ्याली ग्रुप अन्तरर्गतका कन्सलट्यान्ट डा. सक्षम पाण्डे, डा.अरविन्द्र श्रेष्ठ,डा.कला पन्त गरी ३ जना कन्सलट्यान्ट डाक्टरमार्फत यो कार्यक्रम सञ्चालन भएको हो ।
अशोक ईन्टरप्राईजेजले किसानहरुलाई सचेत गर्ने मात्र नभई सफल १३ जना किसानहरुलाई पुरस्कार पनि बितरण गरिएको थियो । त्यस्तै नीलकण्ठ नगरपालिकाका ८ वटा वडाका किसानहरु समेटेर अशोक ईन्टरप्राईजेजमा आवद्ध किसानहरुको समूह बनेको छ । सो समूहको खातामा अशोक ईन्टरप्राईजेजले हरेक बर्ष १ लाख ५० हजार जम्मा गरेर किसानहरुलाई सशक्तीकरण र अझै धेरैलाई ब्यवसायी बन्न उत्प्रेरणा प्रदान गर्दै आइरहनुभएको प्रोपाईटर अशोक बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web