
धादिङ । बागमती प्रदेश कबड्डी संघको प्राविधिक सहयोग तथा धादिङ जिल्ला कबड्डी संघको आयोजनामा शुक्रवार बाट धादिङबेसीमा सुरु भएको कबड्डी निर्णायक तालिम शनिवार सम्पन्न भएको छ ।
कबड्डी संघ धादिङका अध्यक्ष रत्नेश यादवका अनुसार तालिममा अध्यक्ष यादव आफै, मनिश श्रेष्ठ, विनोद मगर, सुमित दूधराज, महेन्द्र ढुङ्गाना, सुदिप अधिकारी, रञ्जित श्रेष्ठ(A), रञ्जित श्रेष्ठ(B),विशाल सापकोटा, अनु गुरुङ, दिनेश भेजुल बीबेक मानन्धर लगायत सहभागि रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले कबड्डी संघबाट जिल्लाका अन्य संघहरुले पनि सिक्नु पर्ने र ज़िल्लाका सबै पालिकाहरुमा यस्तो तालिम ज़रूरी रहेको बताए । तालिम अन्य संघहरुले पनि चलाय जिल्ला स्तरका प्रतियोगिताका लागि निर्णायक खोज्न बाहिर जानु नपर्ने र आर्थिक भार पनि कम पर्ने बताएका थिए ।
तालिममा कबड्डी संघ बागमती प्रदेशका प्रमुख पशुपति प्रजापति लगाएतको प्रशिक्षण रहेको थियो ।
source:www.asmipost.com