काठमाडौँमा पिउने पानी, दूध र तेलको अनुगमनमा कडाइ


  • दिव्यदर्शन
  • शनिबार, भाद्र २३ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाण्डौ,
काठमाण्डौ महानगरपालिकाले पिउने पानी, दूध र तेलको अनुगमनमा कडाइ गरेको छ । महानगरपालिकाको उपभोक्तालाई गुणस्तरयुक्त उपभोगको सुनिश्चितता गराउने उद्देश्यले ती वस्तुको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो ।

विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवदेश झाले उपभोक्तालाई स्वच्छ, स्वस्थ्य पानीको उपयोगको वातावरण सिर्जना गर्न कडाइका साथ अनुगमन अभियान थालिएको बताउनुभयो । उहाँका अनुसार महानगरले यही भदौ १ गतेदेखि नियमितरूपमा पहिलो चरणमा पानीको अनुगमन गरिरहेको छ । भदौभर पानीको अनुगमन गरिने र असोजमा पानीसहित दूधको र क्रमशः तेलको पनि अनुगमन गरिनेछ । चालु आर्थिक वर्षभरि अनुगमन अभियान चलाइने विभाग प्रमुख डा झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web