नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दियो


  • दिव्यदर्शन
  • सोमबार, भाद्र १८ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

एसिया  कप क्रिकेटमा  भारतलाई नेपालले २ सय ३१ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले  ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो ।नेपालका लागि  नेपालका आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे ।यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए ।कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए ।दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए ।यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए ।सन्दीप लामिछानेले ९  रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् ।भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए । भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web