काठमाण्डाै- मार्पाक प्रिमियर लिग (MPL) काे दशाै सस्करण भाद्र १६ गते शनिबार काठमाण्डाैमा हुने भएकाे छ । नेत्रावती डबजाेङ्ग गाउपालिका ब्यापी हुन लागेकाे दशाै सस्करणकाे MPL फुटसल प्रतियाेगिता फ्रेन्डस स्टार फुटसल, भत्केपुल काठमाण्डाैमा हुनेछ भने प्रतियाेगिता बिहान ९ बजेबाट शुरु हुनेछ । गाउपालिका भित्रका ५ वटै वडाका टिमहरुले सहभागिता जनाउन सक्ने प्रतियाेगिताकाे बिजेताले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेताले नगद रु ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ साथै उत्कृष्ठ गाेलकिपर, फरवार्ड र डिफेन्सलाई समेत आकर्षक गिफ्टका साथै मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
दर्ता शुल्क रु १०००/- राखिएकाे प्रतियाेगितामा सहभागी हुने टिमले खेलाडीहरुकाे नागरिकताकाे फाेटाेकपी वा परिचय खुल्ने प्रमाणपत्रकाे फाेटाेकपी सहित भाद्र १३ गते बेलुका ५ बजेसम्म शुल्क बुझाईसक्नुपर्ने र भाद्र १५ गते बेलुका ४ बजे फुटसलमा सबै कप्तानहरुकाे उपस्थितिमा टाईसिट सार्बजनिक गरिने समेत आयाेजकले जानकारी दिनुभयाे । ANFA रेफ्रि द्वारा लिग कम नक आउटकाे आधारमा संचालन गरिने प्रतियाेगिताकाे आयाेजक मार्पाक भेट्रान्स फुटसल टिम र सह-आयाेजक मार्पाक सामुदायिक क्लब (CCM) रहेकाे साथै TV पार्टनरमा दिब्यदर्शन टेलिभिजन, FM पार्टनरमा निलकण्ठ एफ.एम. साथै अनलाईन मिडिया पार्टनरहरुमा जन अपडेट, धादिङ्ग सन्चार, धादिङ्ग पाेष्ट र भिजन न्युज नेपाल रहेकाे लिग संयाेजक फणिन्द्र गुरुङ्गले जनाउनुभयाे ।