साउन २३
देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ । भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ । बाढीको सतह सतर्कताको तहसम्म पुगेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।