धुनिवेशी नगरपालिका ५ मा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम


  • दिव्यदर्शन
  • बिहिबार, साउन १८ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,साउन १८
धुनिवेशी नगरपालिका वडा नं.५ मा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
पछिल्लो समय दिनानुदिन डेंगु रोगको सङ्क्रमण दर बढ्दै जान थालेपछि जिल्लाका स्थानिय तहले डेंगु रोग नियन्त्रणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रमहरु गरिरहेका छन् । आज बिहिबार धुनिबेशी नगरपालिका ५ मा जनप्रतिनिधि,स्वास्थ्य कर्मी, रेडक्रस कर्मी,नेपाल प्रहरी ,शिक्षक विद्यार्थी र स्थानिय नागरिक लगायतको सहभागितामा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको धुनिबेशी ५ का वडा अध्यक्ष बिशाल भट्टराइले जानकारी दिनु भयो।डेंगु रोग नियन्त्रणका लागि आज यो कार्यक्रम गरेर मात्र नहुने सबैले आफु, आफ्नो घर परिवार र समुदायमा जानकारी गराई जनचेतना जगाउन सके पनि डेंगु रोगबाट बच्न सकिने भट्टराइको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web