धादिङ
धादिङ सदरमुकाम धादिङबेसीस्थित मिलनटोलमा भेटिएको संरक्षित स्तनधारी पोथी चाईनिज प्यांगोलियन सालक प्रहरी र सशस्त्र वन रक्षकले सकुशल उद्धार गरी सिध्दलेक गा।पा। वडा नं। १ नलाङ ठूलो वन सामुदायिक वनको प्राकृतिक वासस्थानमा छोडेको डिभिजन वन कार्यालय धादिङले जनाएको छ । एक हप्तामा यो दोश्रो पुनर्स्थापना हो ।
डिभिजन वन कार्यालय, धादिङका वन अधिकृत, नीलकण्ठ सब डिवकाका वन रक्षक, सशस्त्र वन रक्षक, वन कर्मचारी, जिल्ला प्रहरी कार्यालय धादिङ तथा सिध्दलेक प्रहरी चौकीका प्रहरी कर्मचारीहरू, नलाङ ठूलो वन सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधी लगायतका सरोकारवालाहरूको रोहवरमा उक्त कालो सालक प्राकृतिक वासस्थानमा छोडिएको थियो ।